काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशका लागि चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु गलत भएको बताएका छन् ।
थापाले शनिबार सामाजिक संजालमार्फत चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको बताएका हुन ।
नयाँ चुनावको समर्थन केपी ओली र सरकारको समर्थन नभएको उनको बुझाइ छ । सरकारको असफलता र अकर्मण्यताबाट मुक्तिका लागि पनि ताजा जनादेश उपयुक्त भएको थापाको दाबी छ ।
अध्यक्ष थापाले विगतको अनुभवका आधारमा संविधानले स्थिरतालाई जोड दिए पनि बहुमतको सरकार चल्न नसके नयाँ चुनाव प्रजातन्त्रको सर्वमान्य प्रजातान्त्रिक अभ्यास भएको जिकिर गरेका छन् ।