काठमाडौं । राप्रपाले आफ्नो अन्तरिम विधान अनुसार पाँच वटा प्रदेशमा प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ ।
पार्टीको अध्यक्षत्रय कमल थापा, पशुपतिशमसेर राणा र डा.प्रकाशचन्द्र लोहनीले पार्टीको अन्तरिम विधान अनुसार उक्त नियुक्ती गरेका हुन् ।
प्रदेश–१ मा अध्यक्षमा राम थापा, उपाध्यक्षमा सगुन सुन्दर लावती, प्रदेश–२ मा अध्यक्षमा रामचन्द्र राय, उपाध्यक्षमा महेश लाल महासेठ चयन भएका हुन्।
त्यसैगरी गण्डकी प्रदेश अध्यक्षमा हेमजङ्ग गुरुङ तथा उपाध्यक्षमा महेश्वर रोक्का मनोनित भएका भने लुम्बिनी प्रदेश अध्यक्षमा प्रदीप कुमार उदय, उपाध्यक्षमा कैलाश गुरुङ चयन भएका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा अध्यक्षमा दिप बहादुर शाही तथा उपाध्यक्षमा जनक सिंह ठकुरी मनोनित भएका छन् । अन्य प्रदेशमा पनि चाँडै नियुक्त गरिने राप्रपा नेता मोहन श्रेष्ठले जनाएका छन् ।