काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शनिबार राति केही अप्रत्याशित परिणाम आएका छन् । फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । शीर्ष स्थानको सिटीले पुछारको शेफिल्ड युनाईटेडलाई १–० गोल अन्तरको साँघुरो जित निकालेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले निर्णायक गोल गरे । जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए ।
अंक तालिका
लिग तालिकामा २० खेलबाट ४४ अंकसहित म्यान्चेस्टर सिटी शीक्र्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको २१ खेलबाट ४१ अंक छ । तेस्रो स्थानको लेस्टर सिटीको २० खेलबाट ३९ अंक छ ।
चौथो स्थानको लिभरपुलको २० खेलबाट ३७ अंक छ । नवौं स्थानको आर्सनलको २१ खेलबाट ३१, दशौं स्थानको चेल्सीको २० खेलबाट ३० अंक छ ।
फुल्हम, वेष्टब्रोम र शेफिल्ड रेलिगेशन क्षेत्रमा छन् ।