काठमाडौं । नेपाली सेनाको १० वटा बख्तरबन्द गाडीले भोली सोमबार राति १० बजेपछि काठमाडौंको चक्रपथमा परिक्रमा गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले नियमित प्रक्रिया अनुसार बख्तरबन्द गाडीमार्फत चक्रपथ परिक्रमा गर्न लागेको हो ।
सेनाले यो अभ्यास आफ्ना आठ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरुबाट समेत गर्ने भएको छ । ति आठ वटै पृतनाहरुले भने माघ २१ गते पृतना अन्तर्गतका विभिन्न स्थानहरुमा चारचार वटा बख्तरबन्द गाडीहरुमार्फत अभ्यास गर्ने छन ।
यसलाई सेनाले नियमित अभ्यास भनेको छ । तर सर्वसाधारणलाई एकै पटक बख्तरवन्द सवारी देख्दा त्रास नहोस भन्दै सेनाले यसबारे अगाडी नै जानकारी गराएको जनाएको हो ।