काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित भएको छ । घरेलु एन्फिल्डको मैदानमा लिभरपुल बुधबार रातिको खेलमा ब्राइटन एन्ड हभ आल्बियनसँग १–० गोल अन्तरले पराजित भयो ।
खेलको ५६ औं मिनेटमा स्टेभेन अल्जाटेले गरेको गोल नै निर्णायक बन्यो । यो हारले लिभरपुलको उपाधि यात्रामा धक्का पुगेको छ ।