झापा । जिल्लाको गौरादह नगरपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड नगरपालिका भिड्दै छन् । फाइनल खेल बिहीबार दिउँसो १ बजे शुरु हुनेछ ।
बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरेको भए पनि खेलकुद भने नरोकिने आयोजक गौरादह खेलकुद विकास समितिले जनाएको छ ।
बुधबार सम्पन्न सेमीफाइनल खेलबाट बिर्तामोड नगरपालिका र झापा गाउँपालिका फाइनलमा पुगेका हुन् ।
दुवै प्रतिस्पर्धी टिम झापाको माइपूवी पालिका अन्तर्गत पर्द्छ्न । बिर्तामोडले गौरादह नगरपालिकालाई २५–२०, १७–२५, २८–२६ , २५–१४ को सेटमा पराजित गरेको थियो ।
झापा गाउँपालिकाले दमक नगरपालिका लाई २३–२५ , २६–२४ ,२५–१७, १७–२५, १७–१५ को सेटमा पराजित गरेको थियो ।
भलिबल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई क्रमशः नगद १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र, नगद ५१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने गौरादह खेलकुद विकास समितिका संयोजक हेमन्त कार्कीले बताए । साथै उत्कृष्ट ५ विधामा पर्ने टिमलाई सम्मान स्वरुप ट्रफीको व्यवस्था गरिएको उनले बताए ।
माघ १९ गतेदेखि श्री जनता माध्यमिक विद्यालय गौरादह १ मा संचालल हुँदै गरेको उक्त प्रस्तिपर्धामा झापा जिल्ला भरका १३ वटा पालिकाहरुले सहभागिता जनाएका छन् ।