काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सार्वजनिक बिदा निर्णय गरेको छ । सोनाम ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।
यसअघि सरकारले बिदा कटौती गरेकोमा तामाङ समुदायको मुख्य पर्वका रूपमा रहेको सोनाम ल्होसारमा सरोकारवालाहरूले बिदा माग गर्दै आएका थिए ।
नयाँ वर्षको रूपमा तामाङ, ह्योल्मोलगायतका समुदायले सोनाम ल्होसार मनाउने गर्दछन् ।