arrow

शुक्रवार कति पुगे सङ्क्रमित ?

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण शुक्रवार १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।

शुक्रवार देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेनटिनमा ७९ जना रहेका छन् ।

यस्तै सङ्क्रमणबाट निको भएर शुक्रवार १३६ जना घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार ७९६ जना रहेका छन् । नेपालमा निको हुनेको दर ९८.६ प्रतिशत रहेको छ । अहिलेसम्म दुई हजार ५४ जना सङ्क्रमणबाट निधन भएका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ मात्र रहेको छ । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा इलाम, भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुम पश्चिम र अछाम रहेका छन् ।

यस्तै सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आइसियु)मा ६२ जनाले उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा ३६, गण्डकी प्रदेशमा चार, लुम्बिनी प्रदेशमा २० र कर्णाली प्रदेशमा दुई जना रहेका छन् । यस्तै देशभरि भेन्टिलेटरमा १४ जनाले उपचार गराइरहेका छन् । तीमध्ये वाग्मती प्रदेशमा ११ र लुम्बिनी प्रदेशमा तीन जना रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ