रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता आउँदो फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा हुने आयोजक नेपाल सितोरियो कराँते संघ रौतहटले जानकारी दिएको छ ।
चन्द्रपुर नगरपालिका मुख्य प्रायोजन रहेको प्रतियोगितामा पुरुष कराँते खेलाडीको मात्र सहभागिता रहने नेपाल सितोरियो कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिए ।
प्रतियोगितामा हरेक जिल्ला छनौट हुँदै प्रदेश छनौट भएर आएका पुरुष कराँते खेलाडीहरुको सहभागिता रहने पहाडीले जानकारी दिए ।
पुरुष २५,३०,३५,४०,४५,५०,५५,६०,६५ किलो तौल समूह र एकल काताको खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३ हजार दोस्रो हुने नगद २ हजार र तेस्रो हुने खेलाडीले नगद एक एक हजार प्राप्त गर्ने छन् ।
सातै प्रदेशका सात टिम र आयोजक टिमका खेलाडीले प्रतियोगितामा खेल्ने छन् । प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक नेपाल सितोरियो कराँते संघ चन्द्रपुर रौतहटले जनाएको छ ।
हरेक तौल समुहमा प्रथम ,द्धितिय र तृतिय हुने खेलाडीले नगद पुरस्कर ,मेडल तथा प्रमाणपत्र पाउने छन् । चन्द्रपुर नगरपालिकाको सहकार्यमा यस भन्दा पहिला गत मंसिरमा समेत महिला राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भईसकेको छ ।