काठमाडौं । कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ९६ लाख ७७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये ८ करोड ४३ लाख भन्दा बढीलाई निको भइसकेको छ । तर २४ लाख १८ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
कोरोना फैलिन थालेको १४ महिनाको अवधिमा विश्वलाई नै आक्रान्त पारिरहेको यो कोरोना अझै नियन्त्रणमा आउन सकेको छैन । यसको नयाँ स्वरुपले भने झनै डरलाग्दो अवस्था बनाउँदै लगेको छ ।
सबैभन्दा बढी अमेरिकामा २ करोड ८३ लाख १७ हजार भन्दा बढी संक्रमित भएका छन् भने ४ लाख ९८ हजार २०३ जनाको ज्यान गएको छ । त्यस्तै भारतमा १ करोड ९ लाख २५ हजार बढी संक्रमित हुँदा १ लाख ५५ हजार ८४० जनाको ज्यान गइसकेको छ ।
तेस्रो स्थानको ९८ लाख ६६ हजार ७१० जना संक्रमित भएका छन् । त्यसैगरी २ लाख ३९ हजार ८९५ जनाको ज्यान गइसकेको छ ।
चौथो स्थानको रुसमा ४० लाख ८६ हजार संक्रमित हुँदा ८० हजार ५२० जनाको ज्यान गएको छ ।
मेक्सिकोमा १ लाख ७४ हजार ६५७ जनाको, बेलायतमा १ लाख १७ हजार ३९६ जनाको, फ्रान्समा ८२ हजार २२६ जनाको, इटालीमा ९३ हजार ८३५ जनाको, स्पेनामा ६५ हजार ४४९ जनाको ज्यान गइसकेको छ ।
नेपालमा २ हजार ५५ जनाको ज्यान गएको छ । भुटानमा सबैभन्दा कम एक जनाको मात्र ज्यान गएको छ ।