arrow

उपत्यकाका तीन जिल्लामा थपिए साठी सङ्क्रमित

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार भक्तपुरमा छ, ललितपुरमा नौ र काठमाडौंमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

साथै नेपालमा कोरोनाभाइरसका १२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ८३८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । उक्त मुक्त भएको संख्यासँगै नेपालमा कोरोनामुक्त भएकाहरुको संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ । जुन कुल सङ्क्रमितको ९८.७ प्रतिशत हो ।

हाल एक हजार ६२१ जना आइसोलेशनमा छन् । जसमध्ये ९९१ जना संस्थागत् आइसोलेशनमा र ६३० होम आइसोलेशनमा छन् ।

मन्त्रालयले गत् बुधबार यता १४ हजार २४० जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा ४५६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

 सोही अबधिमा ४६५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २१ लाख २७ हजार ७८९ जनाको नमूना सङ्कलन गरी आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले हाल कोरोना सङ्क्रमित ६१ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारार्थ रहेको जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ