काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल उपाधि होडबाट टाढिएको छ । लिभरपुल घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा एभर्टनसँग २–० गोल अन्तरले पराजित भएसँगै उपाधि होडबाट टाढिएको हो ।
पाहुना टिम एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एक एक गोल गरे । यससँगै एभर्टनले सन् १९९९ को सेप्टम्बरपछि पहिलो पटक लिभरपुललाई उसैको मैदानमा पराजित गरेको हो ।
यस्तै लिभरपुलले सन् १०२३ पछि पहिलो पटक घरेलु मैदानमा लगातार चार हार व्यहोरेको छ ।
अंक तालिका
म्यान्चेस्टर सिटी २४ खेलबाट ५६ अंकसहित शीर्ष स्थानमा, ४६ अंकसहित म्यान्चेस्टर युनाइटेड दोस्रो, समान अंकबाटै लेस्टर सिटी तेस्रो, २५ खेलबाट ४३ अंकसहित चेल्सी चौथो स्थानमा छ ।
२४ खेलबाट वेष्टह्याम युनाइटेड ४२ अंकसहित पाँचौं तथा लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौं स्थानमा छ । एभर्टन २४ खेलबाट ४० अंकसहित सातौं स्थानमा पुगेको छ ।