काठमाडौं । विश्व नम्बर एक तथा सर्भियन टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।
अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानियल मेद्भेदेवलाई पराजित गर्दै जोकोभिचले नवौं पटक उपाधि जितेका हुन् ।
जोकोभिचले ७–५, ६–२ र ६–२ को सोझो सेटमा जित हासिल गरे । जोकोभिचले लगातार उपाधि जितमा ह्याट्रिक गरेका जोकोभिच नवौं पटक अष्ट्रेलियन ओपन जित्ने पहिलो खेलाडी हुन् ।
३३ वर्षीय जोकोभिचको यो १८ औं ग्राण्डस्लाम उपाधि हो ।
यसपटक महिलातर्फ अमेरिकन खेलाडी जेनिफर ब्राडीलाई हराएर जापानिज खेलाडी नाओमी ओसाकाले उपाधि जितेकी छिन् ।