काठमाडौं । अमेरिकी गल्फ स्टार टाइगर उड गम्भीर घाइते भएका छन् । उनी सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका हुन् ।
सीएनएनले लेखेअनुसार उनी अमेरिकाको लस एन्जल्स नजिकै कार दुर्घटनामा परेर घाइते भएका हुन् । उनका दुवै खुट्टामा गम्भीर चोट लागेको छ ।
उनी खतरामुक्त रहेको बताइएको छ । उनी इशारा गर्न सक्छन् भने होशमै रहेका छन् । दुर्घटनाको शुरुमै उनी आफैं उभिन सक्ने अवस्थामा समेत थिएनन् ।
दुर्घटनाबारे छानबिन भइरहेको बताइएको छ ।
उडको दुर्घटनापछि उनलाई स्वास्थ्यलाभको कामना गर्नेहरु धेरै छन् । तीमध्ये पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले ट्वीटरमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
टाइगर उड गल्फको मुख्य प्रतियोगितामा १५ पटकका च्याम्पियन हुन् ।