मस्को। रुसमा कोरोनाभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले शनिवार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५३४ जना सङ्क्रमित भएका हुन्। यो सङ्ख्या अघिल्लो दिनको भन्दा बढी हो। अघिल्लो दिन ११ हजार ८७ जना सङ्क्रमित भएको तथ्याङ्क छ।
योसँगै रुसमा शनिवार सम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीहरूले जनाएका छन्। नयाँ सङ्क्रमित मध्ये राजधानी मस्कोमा मात्रै एक हजार ८२५ जना रहेका छन्। मस्कोमा अघिल्लो दिन त्योभन्दा थोरै अर्थात् एक हजार ३३६ जना सङ्क्रमित भएका थिए।
मस्कोपछिको धेरै सेन्ट पिटर्सवर्गमा सङ्क्रमित भेटिएका छन्। त्यहाँ ९५१ जना सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख छ। रुसमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८५ हजार ७४३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।