काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले रेकर्ड राखेको छ । सिटीले सबैखाले प्रतियोगितामा लगातार २० जितको रेकर्ड राखेको हो । यो प्रिमियर लिगमा मात्रै सिटीले लगातार १४ औं जित निकालेको हो ।
शनिबार भएको खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रुबेन डियास र जोन स्टोन्सले एक एक गोल गरे । वेस्ट ह्यामका मिखेल एन्टोनियोले एक गोल फर्काए ।