arrow

कोरोनाका कारण विदेशमा थप तीन जना नेपालीको निधन

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
corona_vairous.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र  पोर्चुगलमा  १ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिवार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो।  
 



लोकप्रिय समाचार
नयाँ