arrow

टेम्पोमा मेगा बैङ्कको क्युआर कोड सुविधा

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
mega-QR-code-safa-tempo.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरूलाई क्युआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैङ्कले क्युआर कोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो।

डिजिटल बैङ्किङ र नगदरहित कारोबारलाई प्रबन्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरूलाई क्युआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैङ्कले जनाएको छ। काठमाडौँ उपत्यकाका टेम्पो चालकहरूमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैङ्कले जनाएको छ। 

यसै गरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरूलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैङ्कले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था गर्दै आएको छ।



लोकप्रिय समाचार
नयाँ