पूर्वी नवलपरासीमा गैंडाको आक्रमण परी महिलाको ज्यान गयो
सन्जय भट्टराई,
प्रकाशित २०७७ फागुन २० बिहिबार
181
Shares
कावासोती । पूर्वी नवलपरासीमा गैंडाको आक्रमण परी एक जना महिलाको ज्यान गएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं ४ बस्ने ४४ वर्षीय पविसरा बिकलाई बारीमा घाँस काटन गएको बेला गैंडाले आक्रमण गर्दा घटमास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्क्ने गैंडा लगाएतका वन्यजन्तुले स्थानीयलाई आक्रमण गरेर घाईते बनाउने र ज्यान जाने तथा बालीनाली नष्ट गरिदिने घटना बढे सँगै स्थानीय जनता र निकुञ्ज बीच द्वन्द बढदो छ ।