काठमाडौं । भारतको मध्यप्रदेशस्थित इन्दोरमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएको छ । नोडल कोभिड अधिकारी अमित मालाकारले गत २० फेब्रुअरीमा जाँचका लागि दिल्लीमा पठाइएका १०६ नमूना पठाइएकामा ६ जनामा युके स्ट्रेन देखिएको हो ।
यिनीहरु १० देखि १५ फेब्रुअरीबीच संक्रमण पुष्टि भएको हो । यसमा कसैमा पनि विदश गएको इतिहास छैन । यसले नै इन्दोरमा स्थिति डरलाग्दो भएको हो ।
शहरमा यसकै कारण रोक लगाउन थालिएको छ । ३ दिन दिनसम्म स्थितिलाई नजिकबाट हेरिने छ । यदि संक्रमित नघटे रात्रिकालीन समयमा कर्फ्यु लगाउने सम्बन्धमा विचार गर्न सकिने जनाइएको छ ।
मध्यप्रदेशमा ४५७ जना नयाँ संक्रमित थपिएका छन् । हाल त्यहाँ ३ हजार ४५७ जना सक्रिय संक्रमित छन् ।
यता, भारतमा कोरोना भाइरसका संक्रमित ह्वात्तै बढ्दै गएका छन् । शुक्रबार १८ हजार २९२ जना संक्रमित थपिँदा १४ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्ला केही दिनदेखि निरन्तर रुपमा संक्रमित बढेका छन् । हाल सक्रिय संक्रमित १ लाख ७७ हजार २८९ पुगेका छन् । कुनै समय १ लाख ३० हजारको हाराहारीमा रहेका संक्रमित अहिले बढेका हुन् ।
अहिलेसम्म १ करोड ११ लाख ८६४ जना संक्रमित भइसकेको भारतमा १ करोड ८ लाख ५२ हजार १७४ जनालाई निको भएको छ ।
शुक्रबार १०९ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने १ लाख ५७ हजार ६९३ जनाको ज्यान गइसकेको छ । महाराष्ट्रमा १० हजार २१६ संक्रमित थपिएका छन् ।
हाल महाराष्ट्रमा ८८ हजार ८३८ जना सक्रिय संक्रमित रहेका छन् । दोस्रो स्थानको केरलमा ४३ हजार ५५९ जना सक्रिय संक्रमित छन् ।