काठमाडौं । कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ११ करोड ८१ लाख ४० हजार संक्रमित पुगिसकेका छन् । त्यस्तै ९ करोड ३८ लाख बढीलाई निको भएको छ । अहिलेसम्म २६ लाख २१ हजारको ज्यान गइसकेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ८० हजार संक्रमित थपिएका छन् । ८ हजार ६ सय बढीको ज्यान गएको छ भने २ लाख ६३ हजार कोरोनामुक्त भएका छन् ।
सबैभन्दा बढी पीडित अमेरिकामा संक्रमितको संख्या २ करोड ९८ लाख पुगेको छ । ५४ हजार नयाँ संक्रमित थपिएका छन् । १ हजार ५६० को ज्यान गएको छ । अहिलेसम्म ५ लाख ४० हजार ४३० जनाको ज्यान गइसकेको छ । २ करोड ५ लाख ४४ हजारलाई निको भएको छ ।
दोस्रो स्थानको भारतमा १ करोड १२ लाख ६१ हजार ४७० जना संक्रमित भएका छन् । १ करोड ९ लाख १७ हजार ६२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६ हजार ८४६ जना संक्रमित थपिएका छन् भने ११३ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने १ लाख ५८ हजार ७९ पुगेका छन् ।
तेस्रो स्थानको ब्रजिलमा १ करोड ११ लाख २५ हजार बढी संक्रमित हुँदा २ लाख ६८ हजार ५६८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ५३७ जना संक्रमित थपिएका छन् । १ हजार ९५४ जनाको ज्यान गएको छ ।
चौथो स्थानको रुसमा ४३ लाख ४२ हजार ४७४ जना संक्रमित भएका छन् । ८९ हजार ८०९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४४५ जना संक्रमित थपिँदा ३३६ जनाको ज्यान गएको छ ।
पाँचौं स्थानको बेलायतमा ४२ लाख २८ हजार ९९८ जना संक्रमित पुगेका छन् । १ लाख २४ हजार ७९७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७६५ जना संक्रमित थपिएका छन् भने २३१ जनाको ज्यान गएको छ ।
छैटौं स्थानको फ्रान्समा ३९ लाख ३२ हजार ८६२ जना संक्रमित पुगेका छन् । ८९ हजार ३०९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ३०२ जना संक्रमित थपिएका छन् भने ३१६ जनाको ज्यान गएको छ ।
सातौं स्थानको स्पेनमा ३१ लाख ६४ हजार ९८३ जना संक्रमित पुगेका छन् । ७१ हजार ७२७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १३ जना संक्रमित थपिएका छन् भने २९१ जनाको ज्यान गएको छ ।
आठौं स्थानको इटालीमा ३१ लाख १ हजार ९३ जना संक्रमित पुगेका छन् । १ लाख ४७९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १९ हजार ७४९ जना संक्रमित थपिएका छन् भने ३७६ जनाको ज्यान गएको छ ।
नवौं स्थानको टर्कीमा २८ लाख ७ हजार ३८७ जना संक्रमित पुगेका छन् । २९ हजार १६० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७५५ जना संक्रमित थपिएका छन् भने ६६ जनाको ज्यान गएको छ ।
र, दशौं स्थानको जर्मनीमा २५ लाख २० हजार ६०९ जना संक्रमित पुगेका छन् । ७२ हजार ९८१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८४१ जना संक्रमित थपिएका छन् भने २८३ जनाको ज्यान गएको छ ।