काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोसाक उत्पादक सङ्घमा आबद्ध व्यवसायीहरूलाई आकर्षक कर्जा सुविधा दिने भएको छ। मेगा बैङ्क र नेपाल स्थानीय तयारी पोसाक उत्पादक सङ्घबीच भएको सम्झौता अनुसार, मेगा बैङ्कले सङ्घमा आबद्ध सबै व्यवसायीहरूलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो।
मेगा बैङ्कले नेपाल राष्ट्र बैङ्कको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैङ्कको कर्जा नीति बमोजिम व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ।
यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोसाक उत्पादक सङ्घमा आबद्ध व्यवसायीहरूलाई आफ्नो व्यवसाय प्रवर्द्धन गर्न मद्दत मिल्ने मेगा बैङ्कले विश्वास लिएको छ। मेगा बैङ्कका २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरूले यो कर्जा सुविधा लिन सक्नेछन्।