काठमाडौँ । देशभरमा मंगलवार ११४ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ जना सङ्क्रमण मुक्त भएका छन् । मंगलवार सङ्क्रमणमुक्त भएका ९४ समेत गरी मंगलवारसम्म दुई लाख ७१ हजार ४९५ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मंगलवारसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ । काठमाडौँमा ३४ नयाँ सङ्क्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी दुई हजार ७९० नमूना परीक्षण भएको थियो । हालसम्म २२ लाख २१ हजार ५१२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ७६ हजार २४४ परीक्षण भएको बताइएको छ ।
कोभिड-१९ कारण हालसम्म देशभरका तीन हजार १४ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैले पनि ज्यान गुमाएका छैनन् । हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५१ रहेको बताइएको छ ।
सरकारले देशभरमा हाल कोभिडविरुद्धको खोप लगाइरहेको छ । मंगलवारसम्म खोप लगाउनेको सङ्ख्या १६ लाख पाँच हजार ७०६ रहेको छ ।