मेगा बैङ्कका ग्राहकहरूलाई फुडमाण्डूमा १५ प्रतिशत छुट, ३ सयसम्म ‘क्यासब्याक’
प्रकाशित २०७७ चैत ४ बुधबार
194
Shares
काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडका ग्राहकहरूले फुडमाण्डू मार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन्। फुण्डमाण्डू सँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैङ्कले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैयाँ सम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो। यस अभियान अन्तरगत मेगा बैङ्कको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ।
डिजिटल बैङ्किङ अन्तरगत नगद विहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैङ्कले फूडमाण्डू सँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैङ्कका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए।
फूडमाण्डू सँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रूपमा बिना झन्झट खानाका परिकार खरिद गर्न मेगा बैङ्कले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ। मेगा बैङ्कले विशेष गरी लकडाउनको समयदेखि नगद विहीन कारोबारलाई प्रवर्द्धन गर्दै यस्ता अफरहरू ल्याउँदै आएको जनाएको छ।