काठमाडौँ। वाथ उपचारको सामान्यतया प्रयोग गरिने औषधि टोसिलिजुमाबले कोभिड-१९ बाट हुने मृत्युलाई घटाउन सक्ने एक तथ्य सार्वजनिक भएको छ। एक अनुसन्धानका अनुसार यसले कोभिड-१९ का बिरामीहरूका लागि जीवन बचाउन सकिने पाइएको छ।
टोसिलिजुमाबको प्रयोगबाट उपचार गरिएको प्रत्येक २५ बिरामीहरूलाई नियमित रूपमा सस्तो स्टेरोइड दिइएमा थप ज्यान बचाउन सकिने विज्ञहरूले समेत बताएका छन्।
केही अस्पतालहरूले अहिले यो प्रयोग गरिरहेका छन्। जीवन बचाउन र स्वास्थ्य अवस्थामा सुधार गर्नका साथै गहन हेरचाहमा आवश्यकता पर्ने बिरामीहरूलाई यो औषधि प्रयोग गर्न सकिने बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका एक चिकित्सकहरूले बताएका छन्।
६२ बर्सिया वेण्डी कोलम्यानले गत वर्ष उनको उपचारका क्रममा यो औषधि प्रयोग गरेकी थिइन्। जब उनी गम्भीर कोभिड-१९ को बिरामी भएर चेस्टरफील्ड रोयल अस्पतालमा भर्ना भएकी थिइन उनलाई टोसिलिजुमाब औषधि दिइएको थियो।
"मेरो श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि म अस्पताल भर्ना भएकी थिए। मलाई वाथ रोगको औषधि दिइएको थियो, "उनले भनिन्, "मलाई टसिलीजुमाब दिइए पछि मेरो अवस्था स्थिर भयो र ममा कुनै नकारात्मक असर गरेन।"
अनुसन्धानकर्ताहरूले पनि अस्पतालमा भर्ना भएका कोभिड-१९ का आधाभन्दा बढी व्यक्तिहरूलाई यो औषधि दिइएको पाइएको बिबिसीले जनाएको छ।