arrow

धादिङमा घाँस काटेर घर फर्किदै गरेकी महिलालाई खाल्डोमा पुर्ने व्यक्ति पक्राउ

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
pakrau9.jpg

काठमाडौं । धादिङकोको त्रिपुरासुन्दरी-१, सल्यानटारमा घाँस काटेर घर फर्किदै गरेकी एक महिलालाई खाल्डोमा पुर्ने व्यक्ति पक्राउ परेका छन् ।

खाल्डो खन्दै गरेको डोजरका चालकले घाँस काटेर घर फर्किदै गरेकी ४५ वर्षीया सरस्वती कुमाललाई खाल्डोमा परेपछि उद्दार गर्नुको साटो उल्टै खाल्डोमा पुरिदिएका थिए । सो घटना बाहिरिएपछि प्रहरीले डोजर चालकलाई पक्राउ गरेको हो ।
 
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरी अहिले २ बजे पत्रकारसम्मेलन गरी सार्वजनिक गर्न लागेको छ ।

उनलाई ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ । सो घटनाबारे हल्ला भएपछि सीआइबीले घटनाबारे धादिङ प्रहरीसँगको समन्वयमा अनुसन्धान थालेको थियो ।



लोकप्रिय समाचार
नयाँ