arrow

कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चारको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनाको पिसीआर परीक्षण गर्दा ११२ मा कोरोना देखिएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ ।

गत २४ घण्टामा ५४ सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ । हाल क्वारेन्टिनमा ७१ जना छन् भने  ९३६ जना आइसोलेशनमा छन् ।



लोकप्रिय समाचार
नयाँ