arrow

हानेको ढुङ्गाले लागेर कलङ्कीमा एक पुरुष मृत्यु, एक मृत फेला

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
dead2.jpg

काठमाडौँ । काठमाडौँ महानरगपालिका- १४ कलङ्कीमा अपरिचित व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ ।

पहिचान नखुलेका अन्दाजी ५० वर्षका एक पुरुषको आइतवार मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुङ्गा हान्ने व्यक्ति फरार रहेकाले खोजी जारी रहेको र घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता ललितपुर महानगरपालिका- १८ मञ्जुश्री टोलस्थित वाग्मतीमा अन्दाजी ६० वर्षका एक पुरुष मृत फेला परेको र उनको पहिचान नखुलेको जनाइएको छ ।



लोकप्रिय समाचार
नयाँ