काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म तीन हजार १९ जनाले कोरोनाको कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साथै थप १५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । आजसम्म नेपालमा कोरोना भाइरस संक्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन् । त्यस्तै पछिल्लो समय थप ९९ जना निको भएका छन् ।
यससँगै निको हुने दुई लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलव ५ प्रतिशत छ । अहिले देशभर एक हजार १७ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ५० जना क्वारेनटिनमा तथा अन्य आइसोलेसनमा छन् ।
हालसम्म नेपालमा २२ लाख ४० हजार ९८९ को पिसिआर परीक्षण भएको छ ।