arrow

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर, यस्तो छ एक्यूआई

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
aqi-kathmandu.jpg

काठमाडौं । काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर भएको छ । मंगलबार रातिको प्रदूषण अनुसार काठमाडौं दोस्रो प्रदूषित शहर बनेको हो । मंगलबार राति १०ः१३ बजेको काठमाडौंको एयर क्वालिटी इन्डेक्स एक्यूआई १९९ रहेको छ ।

पहिलो स्थानमा इजरायलको तेल अभिभ–याफो रहेको छ । तेलको ५०३ एक्यूआई रहेको छ । तेस्रो स्थानमा बंगलादेशको ढाका रहेको छ । 

काठमाडौं उपत्यकामा पछिल्लो समय प्रदूषण बढेको छ । काठमाडौंवासीलाई यही धुलोसहितको प्रदूषणका कारण रुघा लाग्ने, नाक चिलाउने, घाँटी दुख्ने, खोकी लाग्ने र घाँटी चिलाउने बढी भइरहेको चिकित्सकहरुले बताएका छन् । 

मौसम परिवर्तनको सिजन भनिए पनि प्रदूषण यसको प्रमुख कारण भएको बताइएको छ । 



लोकप्रिय समाचार
नयाँ