arrow

थप १ सय ४५ जनामा संक्रमण

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ ।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।



लोकप्रिय समाचार
नयाँ