arrow

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर, घर बाहिर ननिस्केकै राम्रो

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
kathmandu-valley.jpg

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै दोस्रो प्रदूषित शहर बनेको छ । गत शुक्रबारदेखि निरन्तर रुपले काठमाडौं प्रदूषणको उच्च जोखिममा रहेको छ । 

आइतबार बिहान ९ः१५ बजे काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४० रहेको छ । काठमाडौं यसअघिदेखि निरन्तर प्रदूषित हुँदै आए पनि पछिल्ला केही दिनदेखि मुलुकका ४०० भन्दा बढी जंगलमा लागेको डढेका कारण थप प्रदूषित भएको हो । 

यसले स्वासप्रश्वासमा गम्भीर असर पारेको छ । चिकित्सकहरु घरबाहिर ननिस्कन सुझाव दिन्छन् । निस्कनै परे अनिवार्य मास्क लगाउन आग्रह गरिरहेका छन् । 

झ्यालढोकासमेत बन्द गरेर बस्न पनि उनीहरुले सुझाएका छन् । उपत्यकाभित्र प्रदूषण पसेपछि लामो समय रहिरहने भएकाले पनि यसले असर गरेको छ । 

आइतबार फागूपूर्णिमा भएकाले घरबाहिर निस्केर सामूहिक होली खेलिने भएकाले त्यस्ता गतिविधि नगर्न पनि आग्रह गरिएको छ । 

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत कोरोना भाइरसकोे महामारीलाई ध्यानमा राखेर सामूहिक होली नखेल्न पनि आग्रह गरेको छ । 

कुन देश कति प्रदूषित
चीनको बेइजिङ अहिले शीर्ष स्थानमा रहेको छ । त्यहाँको एक्यूआई ३७२ रहेको छ । भारतको कोलकाता १९९ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । 

पाकिस्तानको लाहोर १९५ एक्यूआईसहित चौथो स्थानमा रहेको छ भने बंगलादेशको ढाका १९१ एक्यूआईसहित पाँचौं स्थानमा छ । 

अफगानिस्तानको काबुल १८२ एक्यूआईसहित छैटौं स्थानमा छ । थाइल्याण्डको चियाङमाइ १७५ एक्यूआईसहित सातौं तथा भारतको मुम्बई १७३ एक्यूआईसहित आठौं स्थानमा छ । 

यो तथ्यांकले दक्षिण एसियाली देशहरु गम्भीर संकटमा परेको स्पष्टै छ । कसैले पनि यो प्रदूषणबाट मुक्त हुने योजना भने ल्याएका छैनन् । 



लोकप्रिय समाचार
नयाँ