arrow

थपिँदै संक्रमित, शून्य मृतक

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
nepal-corona.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।    

सोमवारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८०     पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६१२ रहेको छ ।

 निको हुने दर भने ९८ दशमलब ४ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या एक हजार ३४१ रहेको छ । उनीहरुमध्ये ५६ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ को पिसीआर परीक्षण भएको छ ।

त्यस्तै तीन हजार २७ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ