काठमाडौं । कोरोना भाइरसको महामारी पुरानै गतिमा फैलन थालेको छ । गत वर्षको डिसेम्बरको अन्त्यदेखि फैलन थालेको कोरोनाको महामारी १५ महिनामा आइपुग्दा पुरानै लयमा भयावह स्थितिमा फैलन थालेको हो ।
अहिलेसम्म विश्वभर १२ करोड ८२ लाख ३१ हजार मानिस संक्रमित भइसकेका छन् । तीमध्ये २८ लाख ४ हजारको ज्यान गइसकेको छ । १० करोड ३४ लाख ३९ हजार जना मानिस कोरोनामुक्त भएका छन् ।
सोमबार मात्रै ४ लाख ४३ हजार ५९८ जना नयाँ संक्रमित थपिएका छन् । ७ हजार ५०७ जनाको ज्यान गइसकेको छ ।
सबैभन्दा बढी पीडित अमेरिकामा सोमबार ५९ हजार ७०७ जना संक्रमित थपिएका छन् । ६३९ जनाको ज्यान गएको छ । अहिलेसम्म ३ करोड १० लाख ३३ हजार ८०१ जना संक्रमित भइसकेका छन् । ५ लाख ६३ हजार २०६ जनाको ज्यान गएको छ ।
ब्रजिल दोस्रो स्थानमा रहेको छ । ब्रजिलमा सोमबार ४२ हजार ६६६ संक्रमित थपिएर कुल संक्रमित १ करोड २५ लाख ७७ हजार ३५४ जना पुगेका छन् । १ हजार ९६९ संक्रमितको मृत्यु भएसँगै अहिलेसम्म ज्यान गुमाउने ३ लाख १४ हजार २६८ जना पुगेका छन् ।
तेस्रो स्थानको भारतमा ५६ हजार ११९ संक्रमित थपिएर १ करोड २० लाख ९५ हजार ३२९ पुगेका छन् । २६६ जना मृतक थपिएसँगै कुल मृतक १ लाख ६२ हजार १४७ पुगेका छन् ।
चौथो स्थानको फ्रान्समा ९ हजार ९४ संक्रमित थपिएर ४५ लाख ५४ हजार ६८३ पुगेका छन् । ३६० मृतक थपिएर ९४ हजार ९५६ पुगेका छन् ।
पाँचौं स्थानको रुसमा ८ हजार ७११ संक्रमित थपिएर ४५ लाख २८ हजार ५४३ पुगेका छन् । २९३ मृतक थपिएर ९८ हजार ३३ पुगेका छन् ।
छैटौं स्थानको बेलायतमा ४ हजार ६५४ संक्रमित थपिएर ४३ लाख ३७ हजार ६९६ पुगेका छन् । २३ मृतक थपिएर १ लाख २६ हजार ६१५ पुगेका छन् ।
सातौं स्थानको इटालीमा १२ हजार ९१६ संक्रमित थपिएर ३५ लाख ४४ हजार ९५७ पुगेका छन् । ४१७ मृतक थपिएर १ लाख ८ हजार ३५० पुगेका छन् ।
आठौं स्थानको स्पेनमा ६ हजार १२० संक्रमित थपिएर ३२ लाख ७० हजार ८२५ पुगेका छन् । ६३ मृतक थपिएर ७५ हजार १९९ पुगेका छन् ।
नवौं स्थानको टर्कीमा ३२ हजार ४०४ संक्रमित थपिएर ३२ लाख ४० हजार ५७७ पुगेका छन् । १५४ मृतक थपिएर ३१ हजार २३० पुगेका छन् ।
दशौं स्थानको जर्मनीमा १० हजार ५५ संक्रमित थपिएर २७ लाख ९६ हजार ४०० पुगेका छन् । १३१ मृतक थपिएर ७६ हजार ५९९ पुगेका छन् ।
कोरोनाविरुद्धको खोप लगाइरहे पनि संक्रमित फैलने क्रम भने रोकिएको छैन । लापरवाही बढेपछि संक्रमण फैलिएको हो । विभिन्न देशले पूर्णदेखि आंशिक लकडाउन लगाएका छन् ।