काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।
थप तीन हजार १४० जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ६७ हजार ४०८ पुगेको छ ।
हाल ५३ संक्रमित क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ११५ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ३९० सक्रिय संक्रमित छन् ।