arrow

१ सय ६२ मा कोरोना संक्रमण, ५९ जना डिस्चार्ज

उपत्यकामा ६७ जनामा संक्रमण

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
nepal-corona.jpg

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै उपत्यकामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा संक्रमण देखिएको जानकारी दिए ।

बुधवार थपिएका १६२ संक्रमितसँगै नेपालमा संक्रमितको सङ्ख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा सक्रिय संक्रमित सङ्ख्या एक हजार ४९३ छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९ जना छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । बुधवार कुनै पनि संक्रमितको निधन भएको छैन ।

यस्तै आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभरि ३८ सघन उपचार कक्ष (आइसियु) र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा गौतमले जानकारी दिए । रासस



लोकप्रिय समाचार
नयाँ