काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभरमै फेरि बढेको छ । बुधबार मात्रै विश्वभरमा ६ लाख ४० हजारको हाराहारीमा संक्रमित थपिएका छन् । एकैदिन १२ हजार २५० को ज्यान गएको छ ।
बुधबार सबैभन्दा बढी ब्रजिलमा ८९ हजार २०० संक्रमित थपिएका छन् । भारतमा ७२ हजार १८२ संक्रमित थपिएका छन् । त्यस्तै अमेरिकामा ६८ हजार ७५६ जना थपिएका छन् ।
एकैदिन ब्रजिलमा ३ हजार ९५० जनाको ज्यान गएको छ भने अमेरिकामा १ हजार ११३ जनाको ज्यान गएको छ । भारतमा पनि बढेर ४५८ पुगेका छन् ।
फ्रान्समा तेस्रो चरणको लकडाउन लागेको छ । जहाँ बुधबार मात्रै ४१ हजार ९०७ जना संक्रमित थपिएका छन् । ३०३ जनाको ज्यान गएको छ ।
टर्कीमा ३९ हजार ३०२ संक्रमित थपिँदा १५२ ले ज्यान गुमाएका छन् । इटालीमा २३ हजार ९०४ संक्रमित थपिँदा ४६७ जनाले ज्यान गुमाएका छन् । रुसमा ८ हजार २७५ संक्रमित थपिँदा ४०८ को ज्यान गएको छ ।
मेक्सिकोमा बुधबार मात्रै ८०७ ले ज्यान गुमाएका छन् भने पोल्याण्डमा ६५३ को मृत्यु भएको छ ।