arrow

काठमाडौंको फोहोर शुक्रवारबाटै उठ्ने

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
humla-simkot-garbage.jpg

काठमाडौँ । चैत १३ गतेदेखि अवरुद्ध रहेको काठमाडौँको फोहर शुक्रवारबाटै उठ्ने भएको छ । चैत १३ गतेदेखि फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

स्थानीयहरूसँग छलफलका लागि काठमाडौँ महानगरपालिकाले छलफल गरेको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहितको छलफलमा स्थानीयहरूसँग सहमति भएका शुक्रवारबाट फोहर विसर्जन चालु भएको हो ।

प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि उनीहरूले माग राखेका थिए । सरकारले ती माग प्रति प्रतिबद्धता व्यक्त गरेपछि सहमति बनेको हो ।

स्वास्थ्य सम्बन्धीका बुँदामा प्रभावित क्षेत्रमै अस्पताल बनाउने या वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने विषयमा स्पष्ट धारणा बनाउन मेयर शाक्यले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ