काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय ७९ कोरोना संक्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५सय ६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।
यस्तै कूल १ सय ११ जना भने निको भएका छन् । विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना संक्रमित भएका छन् । गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश नं १ मा नौ र प्रदेश नं २ मा दुई जना संक्रमित भएका छन् ।
यस्तै छिमेकी देश भारतमा कोरोनाको थप संक्रमण फैलिएपछि सीमानाकामा एन्टिजेन परीक्षण थालिएको छ । सो परीक्षणअनुसार कूल ६८ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।
सरकारले बेलहिया रुपन्देही, गड्डाचौकी कञ्चनपुर, जमुनाह बाँके, कृष्णनगर कपलिवस्तु र त्रिनगर कञ्चनपुरमा एन्टिजेन परीक्षण गरेको छ । परीक्षणअनुसार पोजेटिभमध्ये संक्रमण दर चार प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कूल ६१ जना क्वारेन्टिनमा रहेका छन् भने हालसम्म कूल १७ लाख ९१ हजार ६०६ जनाले कोरोनाको खोप लगाएका छन् ।