arrow

अब काठमाडौँ प्रवेशमा कडाइ, नाका मै 'हेल्थ डेस्क'

एन्टीजेन परीक्षण अनिवार्य

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
nepal-corona.jpg

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरिएको छ । अब, काठमाडौँ उपत्यका छिर्नका लागि एन्टीजेन परीक्षण अनिवार्य गर्नुपर्ने भएको हो ।

आइतबार बसेको जिल्ला कोभिड १९  संकट व्यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकामै हेल्थ डेस्क राखेर परीक्षण गरेपछि मात्रै उपत्यका छिर्न दिने निर्णय गरेको हो ।

पहिलो चरणमा लक्षण भएकाहरूको मात्रै परीक्षण गरिने र पछि सबैको अनिवार्य रुपमा परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

सम्बन्धित नगरपालिका जस्तै थानकोटका लागि चन्द्रागिरि र दक्षिणकालीका लागि दक्षिणकाली नगरपालिकाले नाकामा हेल्थ डेस्क सञ्चालन गर्नेछ । स्वास्थ्य मन्त्रालयले परीक्षण किट उपलब्ध गराउने छ ।

एन्टीजेन पोजेटिभ देखिएको व्यक्तिको पीसीआर पनि चेक गरिने र सङ्क्रमण पाइएमा उपचार गरिने प्रजिअ पराजुलीले बताए ।

यस्तै समितिले सबै नगरपालिकाहरूमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेनटाइन सेन्टरहरूलाई पुन तयारी अवस्थामा राख्न समेत निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
नयाँ