arrow

थप ३ सय ३२ जनामा संक्रमण पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
corona-nepal-map_1617887457.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३२ कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।         

बिहिवारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय ८ रहेको छ । निको हुने दर भने ९८ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ४५४ रहेको छ । उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य  आइशोलेशनमा रहेका छन् ।  हालसम्म नेपालमा २३ लाख दुई हजार १७३  को पिसिआर परीक्षण भएको छ ।  त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।



लोकप्रिय समाचार
नयाँ