arrow

‘डबल म्युटेन्ट भेरियन्ट’ संक्रमितको यात्रा विवरण खोजी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
teku-hospital.jpg

काठमाडौँ । कोभिड-१९ को नयाँ स्वरूप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ संक्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले  ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ संक्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजी भइरहेको जानकारी दिए ।

“संक्रमण देखिएका व्यक्ति विदेशबाट आएका हुन्”, उनले भने, “उनीहरूको यात्रा विवरण, कनट्र्याक्ट ट्रेसिङ हामीले खोजिरहेका छौँ ।”

हङ्कङमा परीक्षणका क्रममा बुधवार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो । पन्ध्र जनाको अणुवांशिक (जिन सिक्वेन्सिङ)मा एक जनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको हो ।
 
संक्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरूमा संक्रमण नभए पनि अरूलाई सारेको हुनसक्ने भएकाले कनट्याक्ट ट्रेसिङलगायतका कार्य भइरहेको उनले बताए । दुवै कोभिड-१९ का नयाँ स्वरूप भएकाले कडा खालका भाइरस मानिन्छन् । दुवै संक्रामक क्षमता बढी रहेका भाइरस हुन् ।



लोकप्रिय समाचार
नयाँ