arrow

प्रि-मनसुन अवधि रहेकाले हावाहुरी चलेको हो : मौसमविद्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
ktm-weather.jpg

काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभर हावाहुरी चलको छ । विहीबार राति ८ बजेपछि देशका अधिकांश स्थानमा हावाहुरी चलेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रि-मनसुन अवधि रहेकाले हावाहुरी चलेकाले सचेत रहनुपर्छ । मानन्धरले भनिन्, ‘हावाहुरी केही समय चल्ने र सामान्य बर्षापछि विस्तारै हटेर जानेछ ।’

देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले सामाजिक संजालमार्फत जनाएको छ ।

हावाहुरीका कारण केही स्थानमा विद्युत अवरुद्ध भएको छ भने केही स्थानमा रुखहरु ढलेको खबर छ । हावाहुरीका कारण सर्वसाधरण त्रसित बनेका छन् ।



लोकप्रिय समाचार
नयाँ