कुम्भमेलामा सहभागी दुई हजार बढी भक्तजन संक्रमित, ७० साधु पनि परे, एकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
63
Shares
काठमाडौं । भारतको हरिद्धारमा चलेको कुम्भमेलामा सहभागी भएका कम्तीमा २ हजार १६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । जसमा ३० साधु पनि संक्रमित भएका छन् । एक साधुको ज्यान गएको छ ।
मिडिया रिपोर्टसका अनुसार पछिल्लो १० दिनमा करिब ७० प्रमुख सन्तहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व मुख्यमन्त्री पनि संक्रमित भएका छन् ।
हरिद्धारको कनखल इलाकामा १० हजार सन्त र उनका समर्थकहरु रहेकामा त्यहाँ शुक्रबार सेनिटाइज गरिने भएको छ ।
कोरोनाका कारण कुम्भमेला यो वर्ष जनवरी १ को सट्टा अप्रिल १ तारिखदेखि शुरु भएको थियो । एक महिनासम्म गर्ने भनिएको मेला कोरोनाका कारण १५ दिनमै सकिएको घोषणा गरिएको छ ।
केन्द्र सरकारले मेलाको समय घटाउने बताए पनि हरिद्धारका डीएम र कुम्भमेला अफिसर दीपक रावतले मेलाको समय घटाउने जानकारी नआएको बताउँछन् ।