काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म २ लाख ८२ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ८ जना कोभिड१९ संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ।