arrow

कोरोनाको जोखिम बढ्दो : सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय बैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले ग्रामीण एवं अन्य क्षेत्रको हकमा भने प्रदेश र स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको हो । यसअघि शिक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर डीसीसीएमसीको समन्वयमा पालिकाले विद्यालय बन्द वा खुला गर्न सक्ने जनाएको थियो । 

सिसिएसीले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ । यता, स्वास्थ्य मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्णरूपमा विद्यालय बन्द गर्न मानेका छैनन् ।



लोकप्रिय समाचार
नयाँ