arrow

नेपालमा बढ्यो संक्रमितको संख्या : उपत्यकामा ह्वात्तै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
corona-nepal-1618404789.jpg

काठमाडौँ । नेपालभर कोभिड-१९ संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएको संक्रमित संख्यासँगै नेपालमा  दुई लाख आठ हजार ६ सय ७३ संक्रमित पुगेको छ ।

काठमाडौँ उपत्यकामा भने कोरोना संक्रमण ह्वातै बढेको छ । काठमाडौँ उपत्यकामा मात्रै ४ सय ३५ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौँ जिल्लामा ३ सय २३ जना, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनाको संक्रमण पुष्टि भएको जनाएको छ ।

देशभर २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या दुई लाख ७५ हजार ३ सय  पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ८३ जना पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ