काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । मदनकृष्ण श्रेष्ठले पुरै परिवारमा संक्रमण फैलिएकोजानकारी सामाजिक सञ्जालबाट दिएका छन् ।
श्रेष्ठसहित परिवारमा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पुष्टि भएको बताएका छन् । उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ,'म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई 'कोरोना पोजेटिभ' देखिएको छ ! भई सके पछि सास्ती चाही हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ! बर्थडे व्हिस गर्नु हुने सबै लाई धेरै धेरै धन्यवाद !'