arrow

बिना मास्क सार्वजनिक यातायात चढ्न नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
sajha-yatayat.jpg

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नयाँ निर्देशन एवं मापदण्ड जारी गरेको छ । जस अनुसार अब, सार्वजनिक यातायात चढ्न मास्क अनिवार्य गरिएको छ ।

मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पार्वत गुरुङले अब बिना मास्क गाडी चढ्न नपाइने बताएका हुन् । सहचालकले समेत अब, १० रुपैयाँ यात्रुलाई मास्क बेच्न सक्ने छन् ।

त्यस्तै विवाहमा २५ जना भन्दा बढी सहभागी नहुन समेत सरकारले निर्देशन दिएको छ । योसँगै होटेल तथा रेष्टुराहरु राति ८ बजेसम्म मात्रै खुला राख्न पाइने भएको छ । ८ बजेपछि यस्ता क्षेत्रहरू बन्द गर्न सरकारले निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
नयाँ