काठमाडौँ । थप बाह्र सय एकासी जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ ।
थप सात हजार एक जनाको पिसिआर परीक्षण गर्ने क्रममा एक हजार २ सय ८१ जनामा तथा ५ सय ४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ५२ हजार ५ सय २ जना पुगेको छ ।
हाल ८१ जना क्वारेनटिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्ये काठमाडौँ उपत्यकाका ६३४ जना रहेका छन् । काठमाडौँ ५ सय ५, ललितपुर ९७ तथा भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म दुई लाख ७५ हजार ५ सय ५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय संक्रमित रहेका छन् । हाल सात हजार २ सय ५४ संक्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो समय आठ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।